तलको विकिपिडिया स्निपेट भर्पर्दो सन्दर्भबाट सन्दर्भ दिइएको छैन। के तपाईँले सान्दर्भिकता भेटाउन सक्नुहुन्छ?
मैले यो भेटाएँ! मा क्लिक गर्नुहोस् र विकिपिडियामा जानुहोस् रस्निपेटहरू मिलाउनुहोस्, र अर्को! मा अर्को हेर्नुहोस्. शुभकामना !
पृष्ठ शर्माली गढीमा:
"शर्माली गढी महाकाली अञ्चल, बैतडी जिल्लाको सदरमुकाम बैतडीदेखि करिव १३/१४ कोशको दूरीमा रहेको स्वराडगर्खा शर्माली गा.वि.स. वडा नं. १ मा अवस्थित रहेको छ।[स्रोत नखुलेको] दुर्गम र विकटबीच रहेको यो गढी, नेपाली वीरताको इतिहासलाई बोकेको इतिहासको धरोहर हो। इतिहासकारहरूका अनुसार, नेपाल एकीकरणको क्रममा बहादुर शाहले कुमाउ-गडवालमाथि विजय हासिल गर्न पश्चिममा कुमाउ क्षेत्र नजिक र पायक पर्ने ठाउँमा गोर्खाली फौजलाई बसाउन किल्ला बनाउनु पर्ने भयो। जसका लागि उच्च स्थानमा रहेको, स्वस्थ हावापानी भएको, उत्पादनशील भूमि भएको, गोर्खाली फौजलाई सुहाउँदो ठाउँको खोजी गर्ने क्रममा शर्मालीको यो उच्चस्थानमा रहेको ठाउँ उचित ठानेर अभियानका नाइके अमरसिंह थापा र सुरवीर थापाले यो किल्ला बनाएको भन्ने भनाइ छ।