साइटेसन हन्ट

तलको विकिपिडिया स्निपेट भर्पर्दो सन्दर्भबाट सन्दर्भ दिइएको छैन। के तपाईँले सान्दर्भिकता भेटाउन सक्नुहुन्छ?

मैले यो भेटाएँ! मा क्लिक गर्नुहोस् र विकिपिडियामा जानुहोस् रस्निपेटहरू मिलाउनुहोस्, र अर्को! मा अर्को हेर्नुहोस्. शुभकामना !

पृष्ठ बैतडी जिल्लामा:

"

बैतडी जिल्ला नेपाल अधिराज्यको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको महाकाली अञ्चलमा पर्ने चार वटा जिल्ला मध्ये एक पहाडी जिल्ला हो। विभिन्न साना ठूला पहाड, खोच बेसीहरूवाट निर्मित यो जिल्लाको पश्चिममा महाकाली नदीले भारतको सिमाना छुट्याएको छ र सो नदीको पारिपट्टी भारतको उत्तराखण्डको पिथौरागढ जिल्ला पर्दछ। यसको उत्तरमा दार्चुला, पूर्वमा बझाङ र डोटी एवं दक्षिणमा डडेल्धुरा जिल्लाहरू पर्दछन्। यस जिल्लाको कुल क्षेत्रफल १४५१.१३ वर्ग किलोमिटर छ, जुन नेपाल अधिराज्यको कुल क्षेत्रफलको ०.६८ प्रतिशत भू-भाग पर्न आउँछ।[स्रोत नखुलेको]