साइटेसन हन्ट

तलको विकिपिडिया स्निपेट भर्पर्दो सन्दर्भबाट सन्दर्भ दिइएको छैन। के तपाईँले सान्दर्भिकता भेटाउन सक्नुहुन्छ?

मैले यो भेटाएँ! मा क्लिक गर्नुहोस् र विकिपिडियामा जानुहोस् रस्निपेटहरू मिलाउनुहोस्, र अर्को! मा अर्को हेर्नुहोस्. शुभकामना !

पृष्ठ लामपुछ्रे तारामा:

"

कहिलेकाही सफा आकाशमा उज्यालो टाउको भएका कुचो आकारका चहकिला देखिने वस्तुहरु नै लामपुछ्रे तारा हुन। यिनैलाई पुच्छ्रेतारा वा धूमकेतु भनिन्छ[स्रोत नखुलेको]। यिनीहरू केहि वर्षको अन्तरालमा सूर्यदयभन्दा केहि अघि पूर्वी आकाशमा वा सूर्यास्तपछि पश्चिमी आकाशमा देखिन्छ्न्। पुच्छ्रेताराहरु वास्तवमा ग्यासिय बरफका डल्लाहरु हुन्। यिनीहरूको केन्द्र ठोस बस्तुले बनेको हुन्छ भने चारैतिर बरफ र धुलकण मिश्रित ग्यासिय वायुमण्डल हुन्छ। पुच्छ्रेतारा घुम्दै सूर्यको नजिक आईपुग्छ । त्यसका सतही बरफहरु बाफमा बदलिन्छ्न्। यसरी बनेको ग्यास र बरफका कणहरु सौर्यबतासले गर्दा उल्टो दिशातिर उडेर जान्छ्न् र पुच्छर बन्छ्न्। अघिकतर लामपुछ्रे तारा हिउँ, कार्बन डाईअक्साइड, मीथेन, अमोनिया तथा अन्य पदार्थ जस्तै सिलिकेट र कार्बनिक मिश्रणका बनेका हुन्छन्[स्रोत नखुलेको]